बस्तीमा पसेको बाघ २३ घण्टा पछि नियन्त्रणमा

चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई सोमबार दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ।
निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ। रासस