म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँः विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा अघि बढि सकेको र पछाडि नहट्ने बताएकी छिन्। मंगलबार आफ्नै निवास भंगालमा केही पत्रकारहरूसँग भेटघाट गर्दै उनले आफू माझकिरातकी छोरी भएको भन्दै खुट्टा नकमाउने उल्लेख गरिन्। भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँ।’
उनले आफूलाई समर्थन गर्नेहरूमाथि आतंक सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाइन्। ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ,’ भण्डारीको भनाइ छ।