त्रिविमा अध्ययन बिदाको दुरुपयोग, ३५ दिने अल्टिमेटम

२०८२ श्रावण ३ शनिबार १९:११:०० मा प्रकाशित

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ। विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने र अध्ययन नपु¥याउने प्राध्यापकहरूलाई ३५ दिनभित्र तलब भत्ता फिर्ता गर्न अल्टिमेटम दिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार बिदाको नाममा दुरुपयोगबाट उठ्ने सम्पूर्ण रकम निवृत्तिभरण कोष वृद्धिमा प्रयोग गरिनेछ ।

विभिन्न संकायगत विवरण हेर्दा शिक्षाशास्त्र संकायतर्फ ९ जना अध्ययन गर्न गएकामध्ये ७ जना नफर्किएको विश्वविद्यालयले जनाएको छ । व्यवस्थापन संकायका १९ जनामध्ये २ जना, विज्ञान तथा प्रविधि संकायका १०६ जनामध्ये ५६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायका ११४ जनामध्ये ३० जना र चिकित्साशास्त्र संकायका ९ जनामध्ये ६ जना नफर्किएका हुन् ।

त्रिविले अबदेखि अध्ययन बिदाका लागि कडाइ गर्ने, समयमै नफर्किने प्राध्यापकमाथि सेवा सुविधा कटौतीदेखि कानुनी कारबाहीसमेतको तयारी गरिरहेको जनाएको छ। अध्ययन बिदाको उद्देश्यअनुसार कार्य नगर्ने परिपाटी अन्त्य गर्न त्रिवि गम्भीर रूपमा प्रस्तुत भएको छ ।