अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

गैँडाकोट । अक्सफोर्ड कलेज अफ इन्जीनियरिङ एण्ड म्यानेजमेन्टले शुक्रबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा मार्गदर्शन गर्ने उद्देश्यका साथ अभिमुखीकरण गरेको छ ।
सो कार्यक्रम गैँडाकोट–२ स्थित कलेजको परिसरमा भएको थियो । कार्यक्रममा चर्चित गायक हरियोन्जनले आफ्नो प्रस्तुती सहित मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा कलेजका प्राचार्य डा.प्रोफेसर इन्जिनियर हरी भण्डारीले विद्यार्थीलाई ज्ञान सिकाउन कलेजले कुनै कसर नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कलेजको शैक्षिक सत्रको सुरुवातको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरू, अभिभावक, कलेजका प्राध्यापक तथा प्रशासनिक कर्मचारी , अभिभावक ,विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
पूर्व विद्यार्थीहरुले कार्यक्रममा विद्यार्थीहरुलाई कलेजको शैक्षिक दृष्टिकोण, अनुशासन, अवसरहरू, मूल्य–मान्यता र समग्र सिकाइ वातावरणको जानकारी गराएका थिए । सोही अवसरमा डा. प्रोफेसर बसन्त अधिकारीले विद्यार्थीहरुले पढाइ संगै सिप सिकेर बिदेश जान सुझाब दिनुभयो । कार्यक्रमको सहजिकरण सहायक प्राचार्य कृष्णहरी पौडेलले गर्नुभएको थियो ।