सुनचाँदीको मूल्य बढ्यो

२०८२ श्रावण २ शुक्रबार १३:५२:०० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५ सय रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।


चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।