कृष्णपुर नगरपालिकाले दियो १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
छाउगोठमा सुतेको बेला शुक्रबार साँझ सर्पले बाँया गालामा डसेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको उपचारको क्रममा शनिबार साँझ ८ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको हुदाँ अब १५ दिनभित्र छाउगोठ भत्काउन नगरपालिकाले निर्देशन दिएको बताउनुभयो ।