नारायणीमा बाढीको खतरा गैंडाकोट नगरपालिकाको सर्वसाधारणलाई सतर्कता अपील

गैंडाकोट । हालको अविरल वर्षाका कारण नारायणी नदीको जलाधार क्षेत्रमा पानीको बहाव अत्यधिक बढेपछि गैंडाकोट नगरपालिकाले सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नगरप्रमुख मदनभक्त अधिकारीद्वारा हस्ताक्षरित औपचारिक सूचनामा भनिएको छ कि नदी किनार वरपर बसोबास गर्ने नागरिकहरू, विशेषतः नदीमा माछा मार्ने, नुहाउने, गोठालो गर्ने र नदी किनारमा घुम्न जाने व्यक्तिहरुले अत्यन्त सावधानी अपनाउनुपर्ने साथै, बालबालिकालाई नदी किनारको आसपास जान नदिनु हुन अभिभावकहरूलाई विशेष आग्रह गरिएको छ।
नगरपालिकाले सम्भावित बाढीबाट हुन सक्ने जनधनको क्षति न्यून पार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, वडा कार्यालयहरू लगायतका सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिएको छ। बाढी, पहिरो वा अन्य आकस्मिक घटनाको अवस्था उत्पन्न भएमा तुरुन्तै समन्वय गर्न सकिने आपतकालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छ।
आपतकालीन सम्पर्क नम्बरहरूः
– गैंडाकोट नगर अस्पतालः९८४४१७१८६७
– एम्बुलेन्स सेवाः ९८६३२७२७२४ (अमरपुरी), ९८५६०६४३८८ (नगर अस्पताल)
– इलाका प्रहरी कार्यालय, गैंडाकोटः ९८५७०९०४८०
– नगर प्रहरी, गैंडाकोटः ९७६८३२७९८७
– नगरपालिका सूचना अधिकारीः ९८५५०८१६१४