डाक्टरहरूको आन्दोलनले बिरामीको बिजोग

काठमाडौँ । उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनका कारण बिरामीहरू समस्यामा परेका छन्, विशेष गरी टाढाबाट आएका बिरामीहरू बढी प्रभावित भएका हुन् । आन्दोलन कहिलेसम्म चल्ने टुङ्गो नहुँदा बिरामीहरू अन्योलमा परेका छन् र उनीहरूलाई खान बस्न समेत समस्या भएको छ।