गैँडाकोट १ मा अवस्थित सरस्वती निकेतन ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्डबाट सम्मानित

२०८२ असार ७ शनिबार १७:४९:०० मा प्रकाशित

नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १ मा अवस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयलाई बेष्ट सेकेन्डरी स्कुल  अवार्ड बाट सम्मान गरिएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा उच्च योगदान दिएकोमा नेपाल प्रहरी क्लबमा काठमाण्डौमा आयोजित भव्य समारोहमा विद्यालयलाई सो अवार्डबाट सम्मान गरिएको हाे ।

फोकस नेपाल नामक सामाजिक संस्थाले सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयलाई सम्मानित गरेको हो । शिक्षाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था फोकस नेपालले हरेक वर्ष देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरुलाई चयन गरी सम्मान गर्ने गर्दछ । कार्यक्रममा नेपालका अध्यक्ष रामचन्द्र पोखरेल, पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा तथा , पूर्व मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा  विद्यालयलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।


वि.सं २०५० सालमा स्थापित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले व्यवहारिक, समय सापेक्ष विधि र पद्धतीको अनुशरण गरी शिक्षा प्रदान गर्दै आएको छ । कक्षा नर्सरी दखि  १२ सम्म अध्ययन र अध्यापन हुने सरस्वती निकेतनमा बालमैत्री वातवरणमा शिक्षा प्रदान गर्दै आएको छ ।