बालकमाथि हुने यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान

२०८२ जेठ १ बुधबार १९:००:०० मा प्रकाशित

काठमाडौं । बालकमाथि हुने यौन हिंसा र शोषण ओझेलमा परेको पाइएको छ । बाल आवाज (भ्वाइस अफ चिल्डेन)ले आज बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान विषयक कार्यक्रममा बालकहरुप्रति हुने यौन हिंसा, दुव्र्यवहार, शोषण पर्ने गरेको तर त्यसलाई गम्भीररुपमा नलिने गरेको पाइएको हो ।

 

बाल परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरुको पीडा बुझ्ने र सुन्ने थोरै भएको अवस्था भएको र यौन हिंसाको सिकार बालिका मात्र हुन्छन् भन्ने सोचका बीच सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरु हिंसा हुने गरेको तथ्य बाहिर आएको बताउनुभयो । सन् २०२५ मा सार्वजनिक भएको ल्यासेन्ट पब्लिकेसनमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार विश्वमा १४.८ प्रतिशत पुरुषहरुले १८ वर्ष पुग्नुअगावै यौन हिंसा भोग्ने गरेको तथ्याड्ढ सार्वजनिक भएको छ । 


सूचना प्रविधिको प्रयोगसँगै बालकहरु यौन हिंसाको जोखिममा रहेका छन् । नेपाल प्रहरी साइबर ब्युरोको तथ्याड्ढाअनुसार आव २०७९-८० मा जम्मा १ सय ७६ जना बालबालिका (बालक ५१ र बालिका १ सय २५) साइबर अपराध पीडित भएकोमा आव २०८०-२०८१ मा २ सय ५३ बालक र बाँकी ३ सय ८२ बालिका रहेको पाइएको छ ।