सेती नदीमा बेपत्ता बालकको शव फेला

काठमाडौं । सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीमा बेपत्ता भएका बालकको शव निकालेको छ।
मंगलबार दिउँसो पौने २ बजेतिर नदीमा डुबेर बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव मंगलबार (आज) दिउँसो १ बजे फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
सहप्रवक्ता एवं डिएसपी थापाका अनुसार मृतक विकको शव करिब ३० फिट गहिराइबाट निकालिएको हो।