पाकिस्तानी प्रधानमन्त्रीले सेनालाई दिए भारतविरुद्ध ‘बदलाको अधिकार’

२०८२ बैशाख २४ बुधबार १६:०२:०० मा प्रकाशित

काठमाण्डौ । भारतले गरेको सैन्य कारबाहीलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले ‘युद्ध’को संज्ञा दिएको छ ।

 

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको बैठकले भारतीय आक्रमणको जवाफ दिने अधिकार आफूसँग भएको निष्कर्ष निकाल्दै त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेको छ। ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा आवश्यक कारबाहीको अधिकार विधिवत् रुपमा दिइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भारतको भर्त्सना गर्दै सेनाको प्रशंसा गरिएको छ । सिंगोमुलुक यतिबेला दृढ संकल्पित रहेको बताइएको छ। एजेन्सी