गणतन्त्र संरक्षणका लागि सबै एकजुट हुनुपर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई

२०८२ बैशाख १ सोमबार १९:१४:०० मा प्रकाशित

गैँडाकोट । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ। देशको पछिल्लो परिस्थीति असहज बनेको र सहज बनाउन बिभिन्न कार्यक्रम र अभियान गरिरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो ।

 

उहाँले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले हस्तक्षेप र खबरदारी नगरे देशमा खतरा आउन सक्ने भन्दै गणतन्त्रबादी र राजाबादीले गरेको आन्दोलन र प्रर्दशनले नै को संबेदनशिल भन्ने प्रमाणित गरेको बताउनुभयो । उहाँले नागरिकले माओवादीमा भरोसा गरेको देखिएको बताउनुभयो । प्रचण्डले परिवर्तनप्रति संवेदनशिल र सकारात्मक धारणा नै माओवादीको शक्ति भन्ने देखिएको बताउनुभयो । देश विकास, शान्ति र आर्थिक संकटबाट देशलाई बाहिर निकाल्ने पार्टी पनि माओवादी केन्द्र भएको बताउनुभयो ।

 

उहाँले नयाँ बर्षको शुभकामना दिदैँ नवलपुरबाट नयाँ बर्षमा केहि दिन रोकिएको जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई मधेश जागरण अभियान सुरु गरिएको बताउनुभयो । जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्र्तगत नवलपुर जिल्ला गरिएको स्वागत कार्यक्रममा गरिएको थियो । कार्यक्रममा नवलपुरको गैंडाकोटमा आज आफ्ना शहिद परिवार र ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । 


सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नन्दकिशोर पुन पासाङ, नवलपुर इन्चार्ज धनप्रसाद सापकोटा, गैँडाकोट नगर कमिटि अध्यक्ष प्रकाश अधिकारी लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन नगर कमिटि सचिव अर्जुन पोखरेलले गर्नुभएको थियो ।