गैँडाकोट इङ्लिस स्कुललाई ज्ञानकुञ्जको स्वामित्व, नया आयाम थप्ने प्रतिवद्द्ता सहित नया यात्रामा जुटेको भनाई

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ज्ञानकुञ्ज इङ्लिस स्कुलको स्वामित्व गैँडाकोट इङ्लिस स्कुलले लिएको छ । गैँडाकोट ईङ्लिस स्कुल यस क्षेत्रको एकमात्र क बर्गको संथागत विद्यालय हो ।
शनिबार एक समरोहका विच गैँडाकोट इङ्लिस स्कुलका जनसम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसे र ज्ञानकुञ्ज इङ्लिस बोडिङ स्कुलका प्रीन्सीपल धन बहादुर गुरुङ (डिबी)ले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
गैँडाकोट वडा नं. ८ मा रहेको ज्ञानकुञ्ज इङ्लिस बोडिङ स्कुलको स्वामित्व गैँडाकोट २ मा अवस्थित गैँडाकोट ईङ्लिस स्कुलले लिएको हो । गैंडाकोटको शैक्षिक क्षेत्रमा एक नया आयाम थप्ने प्रतिवद्द्ता सहित नया यात्रामा जुटेको गैँडाकोट इङ्लिस स्कुलले जनाएको छ ।
नयाँ शैक्षिक सत्र २०८२ देखि ज्ञानकुञ्ज इङ्लिस बोडिङ स्कुलको स्वामित्व गैँडाकोट इङ्लिस स्कुलले लिएको गैँडाकोट इङ्लिसका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । स्वामित्व ग्रहण गरेसँगै ज्ञानकुञ्ज इङ्लिस बोडिङ स्कुल अव गैँडाकोट स्कुलको निति, बिधी र पद्धतीमा आधारित रहेर सञ्चालन हुनेछ ।
ज्ञानकुन्ज इङ्गलिस स्कूलमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन गैँडाकोट इङ्गलिस स्कूलको पद्धती र नियम अनुसार हुने जनाइएको छ । सम्झौतापछि आफ्ना भनाइ राख्दै गैँडाकोट इङ्गलिस स्कुलका प्राचार्य हीरालाल अर्यालले दुवै विद्यालय यथास्थानमै सञ्चालन हुने जानकारी दिनुभयो । दुवै विद्यालयलाई गैँडाकोटको मात्रै नभइ देशकै उदाहरणीय शैक्षिक संस्थाको रुपमा स्थापना गर्नु आफूहरुको लक्ष्य भएको अर्यालको भनाइ छ ।
प्राचार्य अर्यालले ज्ञानकुञ्जको शैक्षिक व्यवस्थान, पूर्वाधार व्यवस्थापन लगायतका अन्य सबैकुराहरु अव गैँडाकोट इङ्लिस स्कुलले हेर्ने बताउनुभयो । गैँडाकोटको समग्र शैक्षिक विकास र उन्नत शैक्षिक कृयाकलापको लागि यो सम्झौता कोशेढुंगा सावित हुने र ज्ञानकुञ्ज इङ्लिस स्कुलका प्रीन्सीपल धन बहादुर गुरुङ (डिबी)ले बताउनुभयो ।
कक्षा १० सम्म पठनपाठन हुँदै आएको ज्ञानकुञ्ज इङ्लिस स्कुलमा २५० जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा १२ सम्म पढाइ सञ्चालन हुदै आएको गैँडाकोट इङ्लिस स्कुलमा १३५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।