खाजा खाने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका-५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आउनुभएको थियो ।