गैँडाकोट ५ मा आजदेखि ३ दिने आर्थिक तथा लेखा व्यवस्थापन तालिम सुरु
.2025-03-19-07-18-00.jpeg)
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले टोल विकास संस्था, महिला समुह र गैँडाकोट ५ मा रहेका मठ मन्दिरका पदाधिकारीलाई आजदेखि आर्थिक तथा लेखा व्यवस्थापन तालिम सुरु गरेको छ । सहमतिको सभाहलमा पदाधिकारीहरुको क्षमता अभिबृद्धिका लागि आर्थिक तथा लेखा व्यवस्थापन तालिम गरिएको गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभयो ।
उहाँले आर्थिक पारदर्शिताका लागि, सहज रुपमा हिसाव किताव राख्न मदत मिलोस भन्नका ३ दिने तालिम कार्यक्रम गरिएको बताउनुभयो । वडाध्यक्ष सापकोटाले हिसाव राख्न सजिलो हुनुका साथै, कसरी राख्ने, रिपोर्टिङ कसरी गर्ने लगायका बारेमा यस तालिमले ज्ञान दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षक टिकाराम कँडेलले लेखा प्रणाली, दोहोरो लेखा प्रणाली, सन्तुलन प्रशिक्षण लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सो तालिममागैँडाकोट नगरकार्यपालिका सदस्य शान्ति न्यौपाने, गैँडाकोट ५ टोल विकास संस्था सञ्जालका अध्यक्ष कुमारी रेखा पौडेल, गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले टोल विकास संस्था, महिला समुह र गैँडाकोट ५ मा रहेका मठ मन्दिरका पदाधिकारीको उपस्थिती रहेको थियो ।