नवलपरासीपूर्वका सहित ७ जिल्लाका सिडिओको सरुवा 

२०८१ चैत ५ बुधबार १४:०७:०० मा प्रकाशित


काठमाडौं । गृहमन्त्रालय अन्तर्गतका ११ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन भएको छ । सरुवा सूची अनुसार ७ जिल्लाका सीडीओहरू हेरफेर भएका छन् ।

गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ । पूर्वि नवलपरासीमा रहेका सिडिओ अरुण पोखरेललाई गृह मन्त्रालयमा तानिएको छ ।