गैँडाकोट नगरस्तरिय कक्षा ८ र १० को पाठ्यक्रममा आधारित हाजिरीजवाफ प्रतियोगिता

गैँडाकोट । गैँडाकोट नगरस्तरिय कक्षा ८ र १० को पाठ्यक्रममा आधारित हाजिरीजवाफ प्रतियोगिता आज गैँडाकोट इङ्लिस स्कुलमा भएको छ । गैँडाकोट नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा कक्षा ८ तर्फ अमर इङलिस स्कुल प्रथम, साइनिङ आवासिय माध्यमिक विद्यालय द्धितिय र स्मल हार्ट एकेडमीले तृतिय स्थान हासिल गरेको छ ।
यस्तै कक्षा १० तर्फ जनक नमूना मावि प्रथम, गैँडाकोट इङ्लिस स्कुलले द्धितिय स्थान हासिल ग¥यो भने कालिका नमुना माध्यमिक विद्यालयले तृतिय स्थान हासिल गरेको छ ।
गैँडाकोट नगरपालिकाका कक्षा ८ सम्मका १३ वटा विद्यालय र माध्यमिक तह १० कक्षा सम्मका ११ विद्यालयले सहभागिता जनाएका थिए ।
विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित ज्ञान दिन र पठनका लागि प्रोत्साहित गर्न हाजिरीजवाफ प्रतियोगिता गरिएको गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाँइले बताउनुभएको छ ।
विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र जिइएसका सहायक प्राचार्य नवराज कँडेलको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण गैँडाकोट इङ्लिस स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख जिवन दवाडीले गर्नुभएको थियो ।