कैलालीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

२०८१ माघ ३० बुधबार १२:०५:०० मा प्रकाशित

कैलाली । प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका -३ स्थित ट्राफिक चोकमा हिजो (मंगलबार) राति प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्‍तिलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराका अनुसार पक्राउ पर्नेमा धनगढी- १४ का ३६ वर्षीय टेक टमाटा रहेका छन् ।


मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिडेका टमाटालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए ।