रास्वपाको केन्द्रीय समिति बैठक आज पनि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बिहान ८ बजेबाट पार्टी कार्यालय चःमतिमा बस्ने बैठकको सुरुमा संविधान परिमार्जनबारे छलफल हुनेछ ।
त्यसपछि पार्टीको राजनीतिक प्रतिवेदनको प्रस्तावनाको व्याख्या एवम् सर्वांगिण विकासको भावी रोडम्यापबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । आजको बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिङ्कट्याङ्क एवम् केन्द्रीय विभागको पुनर्संरचनाबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाको भनाइ छ । त्यस्तै, पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन, पार्टीको आचार संहिताबारे छलफल र बैठकको समीक्षा गर्दै समापन हुनेछ ।