जनता मावि गैंडाकोटले शुक्रबार ६३ औँ वार्षिकोत्सव मनाउँदै ।

२०८१ पौष ४ बिहीबार २१:१४:०० मा प्रकाशित

नवलपरासी पूर्व । जनता माध्यामिक विद्यालय गैँडाकोट १२ हर्कपुरले शुक्रबार ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश समारोहको आयोजना गरेको छ । विहान ११ बजेबाट विद्यालय परिसरमा आयोजना हुने वार्षिकोत्सव समारोहमा गैँडाकोट नगरउपप्रमुख शान्ति कोइरालाको प्रमुख आतिथ्य रहने विद्यालयका प्रधानाध्यापक पदमबहादुर खड्काले जानकारी दिनुभएको छ । ६२ वर्ष अघि स्थापना भएको विद्यालयले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बिहीबारमात्रै यस विद्यालयले महिला समूहहरुबीच हाजिरी जवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रगतिशील महिला समूह गँैडाकोट १२ ले प्रथम स्थान हासिल गरेको छ । नवआदर्श महिला समूह गैँडाकोट १२ दोस्रो र पुष्पाञ्जली महिला समूह गँैडाकोट १२ ले तेस्रो स्थान हासिल गरेको छ ।  नमुना महिला समूह गैँडाकोट ११ ले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा १२ वटा समूहबीच प्रतिष्पर्धा रहेको विद्यालयका शिक्षक नेत्रप्रसाद आचार्यले जानकारी दिनुभएको छ । यस्तै विहिबार विद्यार्थीहरुबीच विभिन्न खेलको आयोजना गरेको थियो । वि.सं. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले ८५० जना विद्यार्थी तथा ३८ जना शिक्षक रहेका छन् ।