नेपाल ग्रामीण फिल्म महोत्सवको चौंथो संस्करण आउँदो वैशाखमा हुने । 

२०८१ पौष ३ बुधबार २१:१०:०० मा प्रकाशित

नेपाल ग्रामीण फिल्म महोत्सव NERUFF को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले आयोजना गरेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्म समावेश गरिने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । महोत्सवको लागि फिल्म दर्ता आह्वान गरिएको उहाँले बताउनुभयो । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्महरुलाई समाबेश गरिने उहाँको भनाइ छ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै फिल्म’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ । चार वर्षदेखि आयोजना हुँदै आइरहेको महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समावेश हुनेछन् । महोत्सवमा फिल्म स्क्रिनिङ्गसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ ।