“जेलैमा हो जेलैमा, चरी जेलैमा” विष्णु माझीको गीत चर्चामा
“जेलैमा हो जेलैमा, चरी जेलैमा”
विष्णु माझीको गीत चर्चामा
गैँडाकोट । लोकदोहोरी गायिका विष्णु माझीको तीजको गीत नआएसम्म धेरै नारीहरुले तीज आएको महशुस नै गर्दैनन् । विष्णु माझीको नयाँ गीत बजारमा आएपछि अहिले चर्चामा छ । हालसालै उनको स्वरमा “चरी जेलैमा” बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतले यतिबेला चर्चा पाईरहेको छ । टिकटकमा सर्वाधिक ट्रेण्डमा समेत रहेको छ गीत । युट्युबमा भ्युअर्सको संख्या हरेक दिन उकालो लाग्दैछ ।
विष्णु माझीको अघिल्लो वर्ष पुतलीको भट्टी भाग १६ मा तीज गीत आएका थिए भने अहिले पुतलीको भट्टी भाग १७ आएको छ । यस गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको छ । विनोद बाजुरालीको एरेन्ज र महिमा आचार्यको कोरस गायन रहेको छ ।
सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।
विवाहित चेलिको वेदनालाई गीतमा प्रस्तुत गरिएको हुँदा पनि धेरै स्रोताको मनमा यो गीत बसेको पाइन्छ । युट्युबको भिडियोमा धेरै स्रोताहरुले यस वर्षकै उत्कृष्ट गीतको संज्ञा दिएका छन् । सांस्कृतिक संस्थान नाचघर काठमाण्डौँका गायक तीर्थराज पोखरेलका अनुसार गीतको बीचमा फाष्ट बीट नबनाएको भए गीत सुनमा सुगन्ध हुने थियो । शम्भु चालिसेको छायाँकन रहेको छ । भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् ।