गैँडाकोट नगर बाल सञ्जालको नयाँ कार्यसमिति चयन
गैँडाकोट । गैँडाकोट नगर बाल सञ्जालको अध्यक्षमा गैँडाकोट ८ का संसार सापकोटा चयन भएका छन् । समितिको उपाध्यक्षमा गैँडाकोट ११ का वैष्णभ श्रेष्ठ, सचिवमा गैँडाकोट ६ का हरि लोहार , कोषाध्यक्षमा गैँडाकोट १० का दिक्षान्त कंडेल, सह सचिवमा गैँडाकोट १४ की मिना रानाभाट र सदस्यहरुमा प्रत्येक वडामा एक जना सदस्य रहने गरी रेस्पोन्स मल्ल, दृष्टि वन, निकिता जमकट्टेल, देवी माप्छन् , राहुल अम्गाईँ, एलिना पोख्रेल, पूर्णिमा क्षेत्री, टिका वि.क, खुशी कुमाल, कौशिक रिमाल एन्जल ढकाल र श्वेता न्यौपाने चयन भएका छन् ।
घोषणा तथा सफथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगर उप प्रमुख तथा बाल अधिकार संरक्षण समिति अध्यक्ष शान्ति कोइरालाले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गर्दै सम्पूर्ण बालबालिका एक जुट भएर हाम्रो गैंडाकोट नगरलाई बालमैत्री नगरपालिका बनाउने अभियानमा आ—आफ्नो क्षेत्रबाट काम गर्न अनुरोध गर्नुभयो । समझदारी निर्माण तथा निर्वाचन समिति संयोजक रामप्रसाद अधिकारीले निर्वाचित समितिलाई पद तथा गोपनियताको सफथ गराउनुभएको थियो ।
सो कार्यक्रममा निवर्तमान समितिका बालबालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । निर्वाचन समिति संयोजक रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम जगन्नाथ उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।
गैँडाकोट नगर बाल सञ्जालको कार्तिक ३० र मंसीर १ गते सम्पन्न नगर बाल भेलामा अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा सहमती हुन सकेको थिएन । सो भेलाले सहमती तयार गर्नका लागि शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारीको संयोजकत्वमा , महिला शाखा प्रमुख सिता कुमारी लामिछाने र बालमैत्री अभियन्ता जगन्नाथ उपाध्याय सदस्य रहेको निर्वाचन तथा समझदारी निर्माण समिति गठन गरेको थियो ।
समितिले आज शनिबार समन्वय तथा समझदारी गरी अध्यक्ष पदका उमेदवारहरु मध्ये संसार सापकोटालाई नगर बाल सञ्जाल अध्यक्ष , सरोज पोख्रेललाई नगर बाल सञ्जालको सल्लाहकार संयोजक र कृतिका भट्टराईलाई बालमैत्री स्थानीय शासन नगर समितिको सदस्य पदमा सिफारिस गरी कार्य समिति गठन प्रक्रियालाई टुङ्ग्याएको हो ।