सडक फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
नेकपा एमालेले आज काठमाण्डौमा आयोजना गरेको जागरण सभाको र्याली भद्रकालीबाट शुरु भएको थियो । भद्रकालीबाट शुरु भएको र्याली शहिद गेट, सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत भएको थियो ।