मुना वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औँ साधारण सभा सम्पन्न
मुना वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । जयश्री सामुदायिक वनको सभाहलमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा अध्यक्ष तेजप्रसाद घिमिरेले मुना वचत तथा ऋण सहकारी संस्थाले सदस्यको बचत संकलन गरी उत्पादन मुलक क्षेत्रमा लगानी गरेर सदस्यको आर्थिक अवस्था सुुधारमा महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनुभयो ।
संस्थाका सचिव शान्ता पाण्डे काप्रीले कार्यप्रगति तथा भावी कार्य योजना सहितको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषध्यक्ष अमृतकान्त पण्डितले गत आर्थिक बर्षको आयव्यय बिवरण सहितको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति तथा सुपरिक्षण समिति संयोजक कपिल घिमिरेले लेखा तथा सुपरिक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी टोलनाथ घिमिरे, पूर्व वडा अध्यक्ष कृष्णप्रसादल न्यौपाने, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष संगीता घिमिरे, पूर्व अध्यक्ष रविन्द्रराज घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष मिलनराज घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सचिव शान्ता पाण्डे काप्रीले सञ्चालन गर्नुभएको थियो ।