बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
काठमाण्डौँ । संसदीय विशेष सुनुवाइ समितिले बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा लम्सालले आफ्नो अनुभव र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यसपछि समितिले उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
लम्सालले नेपालको संक्रमणकालीन न्याय सम्बन्धमा आफूले बेल्जियमका साथै युरोपेली देशहरूमा प्रचारप्रसार गर्ने बताउनुभएको छ । नेपालको संक्रमणकालीन न्यायको सम्बन्धमा युरोपेली देशहरुमा प्रचारप्रसार आवश्यक रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
परराष्ट्र सचिव रहनुभएकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपाल प्रतिनिधि भएर काम गर्नुहुने छ ।