पठन संस्कृति अभियानको सातौँ शृङ्खला सम्पन्न, किशोरकिशोरीलाई पढ्न प्रेरित गर्नुपर्छ ः अमर न्यौपाने

२०८१ असोज २७ आइतबार १९:०४:०० मा प्रकाशित

गैँडाकोट । पठन संस्कृति अभियानको सातौँ शृृङ्खलामा साहित्यकार अमर न्यौपानेले पठन संस्कृति अभियानलाई  देशभर विस्तार गराउन सके दीर्घकालिन प्रभाव रहने बताउनुभएको छ । सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीले गरेको अभियान समय सान्दर्भीक रहेको बताउँदै यसको विस्तारमा जोेड दिन आग्रह गर्नुभयो । 
न्यौपानेले पठन संस्कृति अभियानले किशोरकिशोरीलाई पढ्न प्रेरित गरेको बताउँदै विद्यालयमा समूह बनाएर पढ्ने र छलफल गर्ने कार्यक्रम गर्न सकेमा यो अभियान सफल हुने बताउनुभयो । गाउँमा, टोलमा, समुदायमा पनि पढ्ने अभियान चलाउन सकिने र गैंडाकोटबाट सुरु गरिएको यो अभियान उदाहरणीय भएको न्यौपानेले बताउनुभयो । जीवन र ध्यानको समागमबाट हृदयले जन्माउने सन्तानको नाम साहित्य भएको उहाँले बताउनुभयो । 
विं सं. २०३४ सालमा चितवनमा जन्मिनुभएका न्यौपानेको पानीको घाम, सेतो धरती, करोडाँै कस्तुरी, कलिलो मन, गुलाबी उमेर लगायतका कृति प्रकाशित रहेका छन् । २०६८ सालमा न्यौपानेको सेतो धरती उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । वि.सं. २०६६ मा पानीको घामबाट पद्यश्री साहित्य सम्मान र २०६७ सलामा कलिलो मनबाट पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गर्नुभएको छ । साहित्यकार न्यौपाने सरल र छोटा वाक्य तथा सटिक अभिव्यक्तिमा आख्यानभित्र काव्यात्मक बिम्ब सिर्जना गर्न सक्ने कुशल शैलीका कारण पाठकहरु माझ लोकप्रिय रहनुभएको छ ।  

 
कार्यक्रममा विभिन्न ६ जना व्यक्तिले पाठकीय टिप्पणी राखेका थिए । लेखक, समीक्षक उदय अधिकारीले लन्डन अनप्लग्ड पुस्तकमाथि टिप्पणी राख्नुभयो । गोपी सापकोटाको यो पुस्तक आख्यानात्मक निबन्ध भएको बताउँदै लेखकले लन्डन अनप्लग्डमा बेलायत बसाइँको दैनिकीलाई प्रस्तुत गरेको उदय अधिकारीले बताउनुभयो । त्यसैगरी खैरहनीबाट आएका हेमराज खतिवडाले द साइलेन्ट रिबेलियन उपन्यासबारे चर्चा गर्नुभयो । लेखक सुभाष घिमिरेको यो पुस्तकमा आमा, दिदीबहिनी, छोरीचेलीको वैवाहिक जीवनका उतारचढावलाई उपन्यासको कथा बनाएको खतिवडाले सुनाउनुभयो ।
त्यसैगरी गैंडाकोट निवासी शंकर आचार्यले अमर न्यौपानेको उपन्यास सेतो धरती र भरतपुर निवासी लक्ष्मी बरालले सन्न्यास उपन्यासको चर्चा सुनाउनुभयो । युनाइटेड तक्षशिला गैंडाकोटमा कक्षा ११ मा अध्ययनरत संसार सापकोटाले सेयरिङ ट्रेडिसन अङ्ग्रेजी पुस्तकको चर्चा गर्नुभएको थियो । 
पठन संस्कृति अभियानको ७ औँ शृङ्खलामा अन्तर्वार्तासङ्ग्रह साकार समयको विमोचन गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, प्रसिद्ध लेखक अमर न्यौपाने, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटा र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो । शिखा बुक्सबाट प्रकाशित पुस्तकमा सैलेन्द्र साकारसँग उदय अधिकारीले गरेको कुराकानी छ । 
सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ । पठन संस्कृति अभियानको सातौँ शृङखलामा पनि अघिल्ला शंखलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।