दाउन्ने सडक आज रातभर बन्द गरेर मर्मत गरिने

२०८१ असोज १५ मंगलबार १७:३३:०० मा प्रकाशित

नवलपुर । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा भासिएको सडक आज रात भर सडक बन्द गरेर मर्मत गरिने भएको छ ।

बर्दघाट नगरपालिका ४ दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको थियो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले तत्काललाई सडकमा सवारी साधन सञ्चालनमा आए पनि आज राति १० बजेदेखि भोलि विहान ५ बजेसम्मलाई सडक बन्द गरेर मर्मत गरिने जनाइएको छ ।

करिब ४ मिटर सडक साढे १ फिट भासिएको छ । भासिएको सडकमा माटो र गिटी भरेर बेस तयार गरी सडक शुरु गरिएको हो ।