मौलाकाली सामुदायिक वनको अध्यक्षमा हरिप्रसाद सापकोटा पुनः चयन 

२०८१ असोज ६ आइतबार ०६:२५:०० मा प्रकाशित

गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट नगरपालिका वडा नं. १ र २ को अध्यक्षमा हरिप्रसाद सापकोटा पुनः चयन हुनु भएको छ ।

समूहको आठौं अधिवेशनवाट कार्यसमिति, लेखा तथा सुपरिवेक्षण समिति एवं अनुगमन तथा मूल्याङ्कन समिति सर्वसम्मत गठन भएको भएको निर्वाचन समितिका संयोजक लालमणि पौडेलले जानकारी दिनुभयो । 

कार्य समितिको अध्यक्षमा हरिप्रसाद सापकोटा, उपाध्यक्षमा भगवान घिमिरे, सचिवमा इन्दिरादेवी शर्मा, कोषाध्यक्षमा धना पौडेल, सहसचिवमा प्रेमप्रसाद सापकोटा, सहकोषाध्यक्षमा कपिलप्रसाद न्यौपाने चयन हुनुभएको छ । 

त्यस्तै सदस्यहरुमा विमला कँडेल, जमुना खनाल, राधादेवि पोख्रेल, पार्वती पोख्रेल, पूर्णकला पौडेल (वसन्ति), चोभाकुमारी सुवेदी, बृन्दा कंडेल सापकोटा, अम्बिका कुमारी नेपाली, डिल्लीप्रसाद पाठक, शिवबहादुर पुन, यमनारायण चालिसे, महादेव प्रसाद तिवारी, जीतबहादुर कुमाल, कष्णकुमार श्रेष्ठ र पपिशरा गुरुङ रहनुभएको छ । 

लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा नारायण सुवेदी, सदस्यहरुमा बाबुराम पराजुली र सीतादेवि शर्मा रहनुभएको छ । 

अनुगमन तथा मुल्याङ्कन समिति संयोजकमा पदमबहादुर गुरुङ, सदस्यहरुमा केदारनाथ पौडेल, केशवप्रसाद तिवारी, मनरुपादेवि सापकोटा चालिसे र भिमबहादुर विश्वकर्मा चयन हुनुभएको निर्वाचन समिति संयोजक लालमणि पौडेलले जानकारी दिनुभयो ।