नेपाल मानव धर्म सेवा समितिद्वारा रक्तदान कार्यक्रमसँगै शैक्षिक सामाग्री वितरण
चितवन । नेपाल मानव धर्म सेवा समिति नारायणगढले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।
शनिबार हंसकीर्तिआश्रम नारायणगढ प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १० जना महिला सहित ६४ जनाले रक्तदान गरेको नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष विनोद पौडेलले जानकारी दिनुभयो ।
मानव धर्मका प्रणेता परमपूज्य श्री सद्गुरुदेव सतापालजी महाराजको ७४औँ शुभजन्मोत्सवका अवसरमा नेपाल मानव धर्म सेवा समीतीले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै रक्तदान कार्यक्रम गरेको उहाँले बताउनुभयो । “राष्ट्रब्यापी शिक्षा अभियान वितरण–२०८१” अन्तर्गत राष्ट्रिय आधारभूत विद्यालय, खद्रौली, भरतपुर–२६ का विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । विद्यालयका कक्षा ८ सम्म अध्यनरत १५० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
हंसकीर्तिआश्रम नारायणगढ प्राङ्गणमा भएको रक्तदान कार्यक्रम आश्रमका प्रभारी रमा वाइजीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष विनोद पौडेल, सल्लाहकार थिरप्रसाद धिताल, मिशन एजुकेशन संयोजक रेशम न्यौपाने, हितैसी वाइजि लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।