गैँडाकोट ५ स्थित विकास टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन 

२०८१ श्रावण १२ शनिबार १८:०१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ५ स्थित विकास टोल विकास संस्थाको आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । 

संस्थाको अध्यक्षमा सुशिलाकुमारी गुरुङ कुँवर, उपाध्यक्षमा श्यामप्रसाद तिमिल्सेना, सचिवमा विन्दु भण्डारी, कोषाध्यक्षमा विना ढकाल, सहसचिवमा रामबहादुर थापा लगायत सदस्य चयन हुनुभएको निर्वाचन समिति संयोजक छायाँदत्त पाण्डेले जानकारी दिनुभयो ।  

यसअघि भएको साधारण सभामा बोल्दै गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले टोलको विकासका लागि हातेमालो गर्ने बताउँदै उत्कृष्ट टोल बन्न सफल बनोस् भनि कामना गर्नुभयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य शान्ति न्यौपाने, शाइनिङ स्कूलका प्रिन्सिपल लक्ष्मीप्रसाद दवाडी, पूर्व अध्यक्षहरु, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।  

संस्थाका अध्यक्ष आइतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुशिलाकुमारी गुरुङले स्वागत मन्तव्य, कोषाध्यक्ष बालकृष्ण न्यौपानेले आर्थिक प्रतिवेदन एवं सचिव पदम प्रसाद शर्मा कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहजिकरण गर्नुभएको थियो ।