नेकपा (माओवादी केन्द्र) गैँडाकोट ८ को शपथ ग्रहण

२०८१ श्रावण १२ शनिबार १८:००:०० मा प्रकाशित

गैँडाकोट । नेकपा (माओवादी केन्द्र) गैँडाकोट ८ का नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । 

शनिबार एक समारोहका बीच शपथ ग्रहण गरेका हुन् । साथै उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  सो अवसरमा पुराना कम्पुनिष्ट नेता पुष्पनिधी पौडेललाई सम्मान गरेको थियो । कम्युनिष्ट नेता पौडेलले पार्टीमा पुराएको योगदानको कदर गर्दै पौडेल दम्पतीलाई सम्मान गरिएको हो । 

पार्टीका वडा कमिटी अध्यक्ष छबिलाल सुवेदी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज धनप्रसाद सापकोटा लगायतले सम्मान गर्नुभएको हो । 

सो अवसरमा पार्टीको योजना, नीति लगायत समसामायिक विषयमा छलफल समेत गरेको थियो ।