बागमतीका ४ मन्त्रीले लिए शपथ

२०८१ श्रावण १२ शनिबार १२:५३:०० मा प्रकाशित

हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो । उहाँले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गर्नुभएको छ ।

सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिनुभएको छ ।

यो सँगै वाग्मतीमा मन्त्रीको संख्या १४ पुगेको छ ।