मानिसमा तनाव बढ्दो

२०८१ श्रावण १० बिहीबार ११:५७:०० मा प्रकाशित

गैँडाकोट । खानपान जीवनशैली, कामको बोझ लगायत विविध कारण साना देखी ठुला हरेक मानिसमा तनाव बढ्दो रहेको चिकित्सक बताउँछन् । जसले विभिन्न समस्या निम्त्याउने चिकित्सक बताउँछन् । 

एक कठिन अवस्थाको कारणले गर्दा हुने मानसिक र शारीरिक चिन्ता भनेको तनाव हो । चिकित्सकका अनुसार मुटु बढी धडकिने, डर लाग्ने, बढी सोच आउने तनावका लक्षण हुन् । तनाव पनि स्थायी र अस्थायी गरी दुई प्रकारका हुने मनोचिकित्सक डा. खगेन्द्र काफ्ले बताउँछन् । 

तनाव लिने समस्या ८ वर्षदेखीको बच्चादेखी नै हुने डा.काफलेको ठहर छ । तनावका कारण खाना नपच्ने, प्रेसर, सुगर बढ्ने, टाउको दुख्ने लगायतका समस्या हुने डा. काफ्ले बताउँछन् । तनाव हुन नदिन नियमित योग, ध्यान गर्ने, कुरा मनमा नराख्ने तथा सेयर गर्नाले कम हुने डा. खगेन्द् काफ्ले बताउँछन् । 

तनाव भयो भनेर आफ्नै विवेकले औषधीको प्रयोग गर्ने, रक्सी सेवन तथा निद्रा लाग्ने औषधीको प्रयोग नगर्न डा. खगेन्द् काफ्लेको सुझाव छ । कोही बिरामी भए डाक्टरको सल्लाह अनुसार औषधी सेवन र नियमित जाँच गर्न जरुरी रहेको डा. खगेन्द्र काफ्ले बताउँछन् ।