मुकुन्दसेनमा १५३ विद्यार्थीलाई निःशुल्क पोशाक

२०८१ जेठ २८ सोमबार १८:४७:०० मा प्रकाशित


गैँडाकोट । मुकुन्दसेन आधारभूत विद्यालय गैँडाकोट १२ मा नवलपरासी सहायता समाज वेल्जियमले १ लाख बराबरको विद्यालय पोशाक प्रदान गरेको छ । १५३ जनालाई ट्र्याक सुट प्रदान गरिएको छ । कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर आलेको अध्यक्षतामा भएको थियो । 


नवलपरासी सहायता समाज वेल्जियमका पूर्व अध्यक्ष रमेश सापकोटाको प्रमुख आतिथ्यमा र वडा सदस्य जिबराज महतोको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा  विभिन्न संघ संस्थाका  अतिथि, अभिभावक, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा निःशुल्क पोशाक वितरण कार्यक्रम गरिएको हो । नवलपरासी सहायता समाज वेल्जियमका वर्तमान अध्यक्ष विजय मल्लले निशुल्क पोशाक वितरणमा प्रमुख भूमिका खेल्नु भएको विद्यालयका प्रधानाध्यापक चुम प्रसाद बाचे मगरले जानकारी दिनुभयो ।