गैँडाकोट ५ लाई २०८२ मा बालमैत्री वडा घोषणा गर्ने
 
    
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले वडालाई बाल मैत्री बनाउने कार्यको थालनी गरेको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले एक बर्ष भित्र बालमैत्री वडा बनाउने योजनाका साथ अगाडी बढेको बताउनुभएको छ ।
यसै अन्तर्गत रहेर गैँडाकोट ५ ले बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । सोमबार गैँडाकोट १ का बालमैत्री स्थानीय शासन वडा समिति सदस्य जगन्नाथ उपाध्यायले बाल मैत्री स्थानीय शासन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । उहाँले बाल मैत्री वडा कसरी बनाउने, यसका सुचकहरु, सरोकारवालकाहरुको भुमिका, यसको आवश्यकता लगाएतको बिषयमा जानकारी दिनुभएको थियो ।
गैँडाकोट ५ का वडा सदस्य शान्ति न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य उषा परियारले राख्नु भएको थियो ।
वडाका भित्र रहेको टोल सुधार संस्था, महिला समुह, स्वास्थ्य स्वयंमसेविका, वाल संञ्जाल, विद्यालय, स्वास्थ्य संस्था लगाएतका प्रतिनिधिलाई बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो । 
गैँडाकोट नगरपालिकामा हालसम्म २ वटा वडा मात्र बालमैत्री घोषणा भएका छन् । 
 
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            