पठन संस्कृतिको तेस्रो शृखंला : डा. अभि सुवेदीसँग साक्षात्कार ( सबैलाई निम्तो )

२०८१ जेठ २५ शुक्रबार १९:०८:०० मा प्रकाशित


पठन संस्कृति अभियानको तेस्रो शृखंला भोली शनिबार हुँदैछ । विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम विहान ११ बजे सुरु हुनेछ ।

यस शृखंलामा सहभागि हुन नेपाली र अंग्रेजी साहित्यका अथक साधक, अध्येता र उत्प्रेरक व्यक्तित्व प्राध्यापक डाक्टर अभि सुबेदी ज्यू गँैडाकोट आउनुभएको छ ।

समकालीन सिर्जनात्मक अभिव्यक्तिका एक मानक हुनुहुन्छ डा. सुवेदी ज्यू ।  विश्वविद्यालयमा साहित्यका सिद्धान्त, दर्शन, वाद र प्रयोगको अध्यापनमा दशकौं समय खर्चिनुभएका सुबेदी नाटक, कविता र उपन्यास बिधाका शिल्पकार मानिनुहुन्छ ।

विजय एफएम सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा नवलपुरको गैँडाकोटमा निरन्तर चलिरहेको पठन संस्कृति अभियानको प्रेरक व्यक्तित्वका रुपमा डा. अभि सुवेदीलाई स्वागत गर्न पाउँदा हामी सबै अभियन्ता हर्षित छौँ ।  

यहि शनिबार विजय विकास स्रोत केन्द्रको चेतना सदनमा हुने डा. अभि सुवेदी ज्यूसँगको साक्षात्कार विशेष कार्यक्रममा इच्छुक महानुभावहरुलाई निमन्त्रणा सहित हार्दिक स्वागत गर्दछौँ । 


आयोजक
विजय एफएम/विजय खबर पत्रिका
विजय सामुदायक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड