आगलागी पीडित परिवारलाई नेपाली काङ्ग्रेस गैंडाकोटद्वारा लत्ताकपडा सहयोग

२०८१ बैशाख १६ आइतबार २०:५०:०० मा प्रकाशित

गैँडाकोट । नेपाली काङ्ग्रेस गैंडाकोटले आगलागी पीडित परिवारलाई लत्ताकपडा सहयोग गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती भएको आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको थियो । 

घरमा रहेका लत्ताकपडा समेत जलेर नस्ट भएपछि तत्कालका लागी २ सेट ओढ्ने ब्लाङ्केट,ओछ्याउने डसना, सिरानी, म्याट लगायतका सामग्री प्रदान गरिएको नेपाली काङ्ग्रेस गैंडाकोटका सभापति बद्री सापकोटाले जानकारी दिनुभयो । विपत्ति टार्न तत्काल १० हजार बराबरको सहयोग गरिएको भएपनि पछी घर निर्माणमा समेत सहयोग गरिने उहाँले बताउनुभयो । 

सो अवसरमा काङ्ग्रेस नेताहरू गोकुल सापकोटा, गोपिनाथ खरेल, यदुनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियोे । 

गएराती करिब सवा २ बजे लागेको आगो, स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाबाट आएका दुई वटा दमकलको सहायतमा बिहान करिब साढे ५ बजेतिर मात्रै नियन्त्रणमा लिइएको थियो । 

आगो कसरी लाग्यो भन्ने एकिन हुन सकेको छैन । आगलागीबाट सुनारीको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेर नस्ट भएको थियो ।