अर्किड मा. विमा नमुना निर्वाचन मार्फत नायक चयन

२०८१ बैशाख ३१ सोमबार १७:०१:०० मा प्रकाशित


भरतपुर । अर्किड मा.वि भरतपुर –१० ले नमुना निर्वाचन मार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायकहरू चयन गरेको छ । 

प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत अर्किड मा वि मा अध्ययनरत विद्यार्थिहरूले शैक्षिक सत्र २०८१ का लागी आ– आफ्ना प्रतिनिधिहरू चुनेका हुन । कुल ४८ जना उम्मेदवारहरू सहभागी  निर्वाचनमा,  ४ सदन का नायक– सहनायक, विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा समूह गरि १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन।

मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ हिमान्शु चौरशिया, उप कप्तानमा कृपेश अधिकारी र छात्रातर्फ सुधा चौरशिया र प्रीन्सु राना क्रमशः कप्तान र उपकप्तान मा निर्वाचित भएका हुन। त्यसैगरी ४ वटा सदन का नायक र सहनायकमा, अर्थबाट सोनिश पोखरेल–सुसंकेत रानाभाट, भेनसबाट आयुषा सुवेदी– एन्जल सापकोटा, मर्करिबाट ओसोन पहारी– आशिफ शेख र मार्स सदनबाट रूविषा वाग्ले – आर्शिया पौडेल निर्वाचित भएका थिए।

निर्वाचन अधिकृतको भुमिकामा समेत रहनुभएकी विद्यालय अतिरिक्त कृयाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले जनाए अनुसार अर्किड माविले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो कार्यक्रम विद्यालयको छैठौं अभ्यास हो। 
निर्वाचन उम्मेदवारी मनोनयन, निर्वाचन आचार संहिता,दावी बिरोध – फिर्ता अनि प्रचार प्रसार को लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले  वास्तविक निर्वाचनको पुर्ण अनुसरण गरेको थियो।

नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउदै, राजनीतिक सामाजिकिकरण को स्व स्फुर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो।