स्वास्थ्य सचेतना जगाउन पारिजात आमा समूहको घरदैलो 

२०८१ बैशाख १६ आइतबार १४:३०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ५ मा रहेको पारिजात आमा समूहले स्वास्थ्य सचेतना जगाउन घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

बालबालिकाहरुको स्वास्थ्य र यसमा अभिभावकको भूमिका सम्बन्धि सचेतनामूलक कार्यक्रम सहित समूह घरघरमा पुगेको थियो । 

पारिजात आमा समुहको अध्यक्ष मनु ढुङ्गानाले बाहिरको अस्वस्थकर खानाका कारण बालबालिकामा नकारात्मक प्रभाव पारेकाले यसको प्रयोग नगर्न र नगराउन सचेत गराउन यस कार्यक्रम गरिएको बताउनुभयो । उहाँले करिब १ सय घरमा पुगेर सचेत बनाउने काम गरिएको बताउनुभयो ।