चुनाव प्रचारप्रसारको आज अन्तिम दिन

२०८१ बैशाख १२ बुधबार ०५:५९:०० मा प्रकाशित

काठमाडौं- यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन हो।

निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन। प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ। इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन्।