गैँडाकोटमा जलउद्धार अभ्यास

२०८१ बैशाख ७ शुक्रबार १५:४५:०० मा प्रकाशित


नवलपुर। गैँडाकोट नगरपालिकामा शुक्रबार जलउद्दार अभ्यास गरिएको छ ।

जिल्लास्थित विपद व्यवस्थापन समितिको आयोजना तथा गैंडाकोट नगरपालिकाको व्यवस्थापन सहयोगमा नारायणी नदी पुल पश्चिमतर्फ जलउद्धार अभ्यास गरिएको हो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटीका सुरक्षा टोलीले अभ्यास प्रस्तुत गरेका थिए । 

गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले प्राकृतिक प्रकोपसँग जुध्न के–कस्ता समस्या झेल्नुपर्छ यसको जानकारी र चेतना उद्धारमा खटिनेहरूमा हुनुपर्ने भएकाले पूर्वतयारी अभ्यास कार्यक्रम महत्त्वपूर्ण भएको बताउनुभयो। उहाँले आगलागी, बाढीपहिरो र भूकम्प लगायतका प्रकोपमा स्थानीय स्तरमा विपद व्यवस्थापन समिति तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।


सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले यस किसिमका तयारी कार्यक्रम विपद व्यवस्थापन समितिको तर्फबाट निरन्तर भैरहेको जानकारी दिनुभयो । उहाँले विपद व्यवस्थापन कोषमा रहेको सीमित स्रोत साधनमार्फत दैवीप्रकोप उद्दार र राहतका कार्यक्रम सन्चालनमा असहजता भएकोसमेत खुलाउनुभयो । 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका उप्रप्रमुख शान्ति कोइराला, गैडाकोट नगरपालिकाका प्रशासकीय अधिकृत लिलाधर शर्मा, गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति उमा भुसाल, उपमन्त्री निराजनप्रसाद चौधरी, गैडाकोट उपशाखाका सभापति उमाकान्त सापकोटा, समाजसेवी महेन्द्रभक्त अधिकारी, लक्ष्मण कार्की, विष्णु गौतम, किरण केसीलगायत सुरक्षा निकायका पदाधिकारी र स्थानीयहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रम सशस्त्र प्रहरी वल भेडाबारीका प्रहरी निरीक्षक तेजबहादुर ठकुरीको संयोजन र सहजीकरणमा सम्पन्न भएको थियो ।