स्कुलको बसको ठक्करबाट गैँडाकोटमा एक महिलाको मृत्यु
![](https://vijayafm.org.np/uploads/news/images/434021583_234209399784788_7320516638664155838_n2024-04-02-05-13-36.jpeg)
गैँडाकोट । गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बालविकास इङ्लिस बोडिङ स्कुलको बसको ले ठक्कर दिँदा एकजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यलय गैँडाकोटले जनाएको छ ।
ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्करदिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका वडा नं. ४ स्थायी घर भै हाल भरतपुर २१ बस्दै आएकी ६८ बर्षिया पार्वती गौडेलको मृत्यु भएको हो ।
स्कुटर चालक गैँडाकोट ७बस्ने २० बर्षिया आशिका सापकोटा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
आज दिउँसो एकबजे गैँडाकोट ५ सरस्वती चोकमा स्कुल बसले स्कुटरलाई ठक्करदिदा दुर्घटना भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।