किसान साकोसले आज गैँडाकोट ८ लाई किसान पूर्ण घर सदस्य वडा घोषणा गर्दै

२०८० चैत २० मंगलबार ०५:३०:०० मा प्रकाशित

गैँडाकोट -किसान बचत तथा ऋण सहकारी संस्थाले आज गैँडाकोट वाड नं. ८ लाई किसान पूर्ण घर सदस्य वडा घोषणा गर्दैछ । किसान पूर्ण घर सदस्य वडा घोषणा कार्यक्रम आज विहान ११ बजे विजय आधारभूत विद्यालयको प्रङ्गणमा हुने किसान सहकारीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिनुभएको छ । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोट ८ लाई किसान पूर्ण घर सदस्य वडा घोषणा गर्नुपूर्व सहकारीले हिजो प्रभातफेरी गरेको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिनुभयो । किसान बचतको प्रमुख कार्यलयबाट सुरु भएको मोटरसाइकल ¥यालीमा गैँडाकोट ८ को सम्पूर्ण  चोकको परिक्रमा गर्दै पूर्ण नगरपालिका अगाडी आएर समापन भएको थियो ।