गैँडाकोट ३ का कृषकलाई कृषि सामग्री प्रदान

२०८० चैत १९ सोमबार १६:३९:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ३ मा कृषकहरुलाई कृषि सामग्री प्रदान गरिएको छ ।

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाको ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री प्रदान गरिएको गैँडाकोट नगरपालिकाका प्रवक्ता तथा गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो ।

 
सामग्री अन्तर्गत १३ सय ७६ किलो मकैको बीउ, १४१ थान त्रिपाल, ४ थान कुटानी पिसानी मिल, ५ थान पावर टेलर र २४ थान स्प्रे मेसिन प्रदान गरिएको छ । करिब १ लाख बराबरको सामग्री प्रदान गरिएको तिवारीले बताउनुभयो । यसले किसानलाई प्रोत्साहन तथा उत्पादनमा वृद्धि गर्ने उहाँको विश्वास छ । 


साथै उहाँले वडामा नै कृषि प्राविधिकको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । 


कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट ३ मा सिँचाईको अभाव रहेको बिषयमा आफू जानकार रहेको बताउँदै आगामी दिनमा सिँचाईका लागि उपयुक्त बजेट विनियोजन गर्ने बताउनुभएको छ । साथै कृषकका लागी आगामी दिनमा अन्य कार्यक्रम पनि सञ्चालन गर्ने उहाँको भनाई छ । 


गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले कृषि सामग्रीको उचित तरिकाले प्रयोग गर्न आग्रह गर्नुभएको छ । त्यस्तै उद्यमशिल कृषक समूहका सभापति धनबहादुर चितौरेले कृषि सामग्री प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रममा गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजु शर्मा सहित विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयको उपस्थिती रहेको थियो ।