गैंडाकोट जेसीजको आयोजनामा लिडरसिप डेभलपमेन्ट तालिम सम्पन्न ।।

२०८० चैत १५ बिहीबार ०७:२७:०० मा प्रकाशित

गैंडाकोट जेसीजको आयोजनमा गैंडाकोट ५ मा रहेको जनक कलेजमा लिडरसिप डेभलपमेन्ट तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको नेतृत्व क्षमतामा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गैंडाकोट जेसीजका अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेतृत्व र नेतृत्व गर्नेमा हुनुपर्ने गुणका विषयमा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा,पुर्ब अध्यक्ष गोकुल सापकोटा लगायतले विद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा जनक कलेजका अध्यक्ष कमल पराजुली,प्राचार्य चेतनाथ भुसाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

यसअघि मंगलबार पनि जेसीजको आयोजनामा गैंडाकोट २ मा रहेको नयाँ जीवन पुर्नस्थापना केन्द्रमा Work Life Balance तथा HIV Community Lead Testing Programme पनि सम्पन्न भएको थियो । सन २००७ सालमा स्थापना भएको गैंडाकोट जेसीजले युवाहरूलाई नेतृत्व र ब्यक्तित्व बिकासको लागि विभिन्न समयमा कार्यक्रम गर्दै आएको छ ।