नेपाल राष्ट्रिय अभिभावक संघ गैँडाकोटद्वारा अभिमुखिकरण 

२०८० माघ २७ शनिबार ०६:५६:०० मा प्रकाशित

गैँडाकोट । नेपाल राष्ट्रिय अभिभावक संघ, गैँडाकोट नगर समितिले अभिमुखिकरण र कार्य योजना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

गैंडाकोट नमुना माविको सभाहलमा नगर समितिका अध्यक्ष श्याम सुन्दर लामिछानेको अध्यक्षता, नगर समितिका सचिव दुर्गा बहादुर मसराङ्गी मगरको सहजीकरण र संघका केन्द्रीय उपाध्यक्ष श्याम शर्मा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

गोष्ठीमा केन्द्रीय सदस्य नरदेव न्यौपाने, जिल्ला अध्यक्ष युवराज वाग्ले, उपाध्यक्ष लक्ष्मी रसाईली, नगर अध्यक्ष श्यामसुन्दर लामिछानेले अभिमुखिकरण र कार्य योजनामा आ–आफ्नो प्रस्तुति र कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । 

नगर समितिको आयोजनामा नगर भित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेजका अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–अभिभावक संघका अध्यक्ष, नगर कार्यपालिका सदस्यहरू र शिक्षा शाखाको बीचमा शैक्षिक अन्तरक्रिया कार्यक्रम छिट्टै आयोजन गर्ने निर्णय समेत गरिएको छ । 

कार्यक्रममा देवचुली नगर समिति अध्यक्ष कृष्ण कंडेल र कावासोती नगर समिति अध्यक्ष शशिधर कंडेलको समेत उपस्थिति रहेको थियो ।