किसान सोकासद्वारा ३४ वटा पूर्ण सदस्य घरपरिवारलाई सम्मान
गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लि. ले ३४ वटा पूर्ण सदस्य घरपरिवारलाई सम्मान गरेको छ ।
बुधवार एक कार्यक्रमको आयोजना गरि गैँडाकोट ८ मा रहेको विजय नगर सेवा केन्द्रका ३४ घरका २ सय ३१ सदस्यलाई सम्मान गरिएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिनुभयो । परिवारका सम्पूर्ण सदस्य किसान बचतको सेयर सदस्य रहेको परिवारलाई संस्थाले सम्मान गरेको हो ।
संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वडामा रहेका सेवा केन्द्रबाट पूर्ण घरपरिवार सदस्यलाई सम्मान गरिने सापकोटाले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष चिन्तामणि कंडेल, कोषाध्यक्ष राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष श्रीहरी चालिसे, पूर्व अध्यक्ष गोपालप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण समूह संरचना कार्यका विभागिय प्रमुख प्रेमप्रसाद अधिकारीले गर्नुभएको थियो ।
