उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व समापन गरिदैँ 

२०८० मङ्सिर ४ सोमबार ०६:१५:०० मा प्रकाशित

गैँडाकोट । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिदैँ छ । 

छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । चितवनको नारायणी किनार सहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलही झैंँ सिगारिएको छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।

आइतबार ब्रतालुले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका थिए । रातभर जाग्राम बसेका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।